स्थानीय मदिरा र गाँजा खोल्न सांसद विष्णुकुमारीको माग

लोकल रक्सी र गाँजा खुलाउन माग गरिएको छ।

 नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै लोकल रक्सी र गाँजा खुलाउन माग गरेकी हुन्। उनले कोदाको लोकल रक्सी र गाँजा औषधी र आर्थिक आम्दानी कमाउने स्रोत भएको भन्दै करको दायरामा लिएर खुला गर्न माग गरेकी हुन्।

‘पहाडका हिमाली क्षेत्रमा प्रशस्त मात्रामा कोदो उत्पादन हुन्छ। कोदाको रक्सी बन्छ। त्यो कोदाको पियोर रक्सी हात खुट्टा बाथ भएको मानिसले मालिस गर्‍यो भने निको हुन्छ। तर, स्थानीय प्रशासनले त्यस्तो रक्सीको भाँडा फालिदिन्छ’, उनले भनिन्,‘गाँजा हाम्रो सम्पत्ति हो। यसको पहिचान गरेर धेरै रोजगारी दिन सक्छौं। आर्थिक आम्दानी गर्न सक्छौं।’