बाजुरामा रेबिजविरुद्धको खोप अभाव

 बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ ।  जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

रेबिजविरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताउनुभयो । 

जथाभावी रुपमा छोडिएका कुकुर, स्याललगायतका जनावरले टोकेका बिरामी रेबिजको खोप लगाउन आउने गरे पनि खोप अभाव भएपछि अन्य जिल्लामा पठाउनुपरेको जनस्वास्थ्य अधिकृत चन्दले राससलाई बताउनुभयो ।  जिल्लामा रहेका जिल्ला अस्पताल, टाँटे स्वास्थ्य चौकी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त खोप अभाव भएको  छ । 

लक्ष्यअनुसार खोप खरिद हुने भए पनि रेबिजको कुनै लक्ष्य नहुने भएकाले खोप खरिद गर्न समस्या भएको अधिकृत चन्दले बताउनुभयो । “रेबिजको खोप लगाउन कहिले आउने, कहिले नआउने भएकाले खोपको समस्या भएको छ,” उहाँले भन्नुभयो ।  

यस्तै पूर्वी उत्तरी भेगको कोल्टीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा छिमेकी जिल्लाबाट पनि रेबिजविरुद्धको खोप लगाउन आउन थालेकाले उक्त स्वास्थ्य केन्द्रमा खोप अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् । कोल्टीमा कर्णाली प्रदेशका हुम्ला, मुगु,  कालीकोटलगायतको सेवा केन्द्र बनेको स्वास्थ्य केन्द्र कोल्टीमा खोप अभाव भएको हो । 

स्वास्थ्य केन्द्रमा मात्र नभई अन्य क्लिनिकमा समेत रेबिजविरुद्धको खोप अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका डा प्रतीक न्यौपानेले बताउनुभयो । स्वास्थ्य कार्यालयका प्रमुख चन्दले खोप खरिद गर्न प्रदेश सरकारसँग माग गरिएको बताउनुभयो । वैशाख मसान्तभित्र रेबिजविरुद्धको खोप जिल्लामा आइपुग्ने उहाँको भनाइ छ । स्थानीय तहका स्वास्थ्य शाखाले पनि खोप खरिद गर्न आवश्यक बजेटको व्यवस्था नगर्दा खोप खरिद र औषधि खरिदमा समस्या हुने गरेको छ । 

युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?

युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

प्रचण्ड र रवि लचक बन्दा पनि सहकारी छानबिनमा ओली किन कठोर ?

प्रचण्ड र रवि लचक बन्दा पनि सहकारी छानबिनमा ओली किन कठोर ?

संघीयताको उपहार झ्यालझ्यालमा मन्त्रालय,  दुई पटक मन्त्रालय फुटाए बागमतीका मुख्यमन्त्री जम्कट्टेलले

संघीयताको उपहार झ्यालझ्यालमा मन्त्रालय,  दुई पटक मन्त्रालय फुटाए बागमतीका मुख्य…

अमेरिकालाई हराएर चीन कसरी बन्यो भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार ?

अमेरिकालाई हराएर चीन कसरी बन्यो भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार ?

प्रधानमन्त्री मोदीको हिन्दू-मुस्लिम वक्तव्यमा प्रियंका गान्धीले के भनिन् ?

प्रधानमन्त्री मोदीको हिन्दू-मुस्लिम वक्तव्यमा प्रियंका गान्धीले के भनिन् ?

खेलाडीमाथि यौन शोषणको मुद्दामा बृजभूषण शरण सिंहमाथि लगाइएको धाराको के अर्थ ?

खेलाडीमाथि यौन शोषणको मुद्दामा बृजभूषण शरण सिंहमाथि लगाइएको धाराको के अर्थ…

नेपाली साहित्यमा बौद्ध दर्शनबारे अध्ययन गरिने

नेपाली साहित्यमा बौद्ध दर्शनबारे अध्ययन गरिने