१ लाख ३० हजार  पुग्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार १ सय रुपैयाँले बढेको हो ।


आज छापावाला सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । तेजाबी सुन तोलामा १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।