दक्षिण कोरियामा कुकुरको मासुमाथिको प्रतिबन्ध हटाउन माग

दक्षिण कोरियामा कुकुरको मासु उत्पादन गर्ने उद्योगका प्रतिनिधिहरूले उत्पादन र उपभोगमा लागेको प्रतिबन्ध हटाउन माग गरेका छन्।

 राजधानी सियोलमा कुकुरको मासुको व्यापार र उपभोगमा हालै लगाइएको प्रतिबन्ध खारेज गर्न माग गर्दै मंगलबार उनीहरूले त्यहाँको सर्वोच्च अदालत गुहारेका छन्। कुकुरको मासु उत्पादन र उपभोगमा लागेको प्रतिबन्ध असंवैधानिक र जनताको आधारभूत अधिकारकोविरुद्ध भएको भन्दै यसलाई  खारेज गर्न अदालतमा लिखित उजुरी लिएर व्यवसायी पुगेका हुन्।

कोरियन एसोसिएसन अफ एडिबल डगका देशभरका करिब १ हजार सदस्यको प्रतिनिधित्व गर्दै ५० जना सदस्यले गत जनवरीमा राष्ट्रिय सभाको सर्वसम्मतिले कुकुरको मासु प्रतिबन्ध लगाएको थियो।  त्यो खारेजीले आफूले खानेकुरा छनोट गर्ने जनताको अधिकार र उनीहरूको स्वतन्त्रताको हनन गरेको भन्दै सियोलको संवैधानिक अदालतको अगाडि पत्रकार सम्मेलन गरेर उद्योगी व्यवसायीले आफ्ना भनाई  सार्वजनिक गरेका थिए। 

‘राष्ट्रिय सभा र सरकारले उद्योग सरोकारवालाहरूका लागि कुनै पनि छलफल, तयारी वा क्षतिपूर्ति योजना बिना नै विशेष ऐन पारित गरेको छ,’ समूहका महासचिव जु येओङ–बोङले संवैधानिक अदालतको अगाडि पत्रकार सम्मेलनमा भने। कानुन पारित भएको लगभग ५० दिन बितिसकेको छ, तर कुकुरको मासु व्यापारीहरूका लागि क्षतिपूर्ति मापदण्डहरू तयार गर्ने सरकारको योजनामा प्रगति नभएको व्यवसायीको गुनासो छ। 

संघले देशभरका कुकुरको मासु उत्पादन गर्ने  किसान, खुद्रा बिक्रेता र उपभोक्ताहरूको तर्फबाट याचिका दायर गर्दै, पाल्तु कुकुर र खाने कुकुरहरूको लागि पशु कल्याण एउटै पृष्ठमा छलफल गर्न नसकिने तर्क गरेको छ। उनीहरूले कोरियामा कुकुरको मासु खपत गर्ने परम्परालाई ‘सांस्कृतिक पहिचान’ भनेका छन्।  कुकुरको मासु व्यवसायीहरूको पछि एक पशु वकालत समूहले पत्रकार सम्मेलन गरी जिउँदो जनावर माथिको यस्तो क्रूरता सहन नहुने तर्क गरेको छ। 

सन् २०२७ मा लागू हुने कानूनले मानव उपभोग र कुकुरको मासु वितरणको लागि खेती र कुकुर मार्ने कार्यलाई गैरकानूनी बनाउने छ। सन् २०२४ को पहिलो छ महिनामा किसानहरू, खुद्रा बिक्रेताहरू र रेस्टुरेन्ट मालिकहरू लगायत कुकुरको मासु उद्योगका सरोकारवालाहरूले आफ्ना व्यवसायहरू दर्ता गर्ने र स्थानीय नगरपालिकाहरूमा आफ्ना प्रतिष्ठानहरूलाई घटाउँदै लगेर अन्ततः बन्द गर्ने योजना पेस गर्ने सरकारी सर्त छ।

प्रतिबन्धले नयाँ कुकुरको मासु सुविधाको थप स्थापनालाई निषेध गर्दछ। कुकुर मारेर कानून उल्लङ्घन गर्नेलाई अधिकतम तीन वर्ष जेल वा ३ करोड कोरियन वानसम्म जरिवाना हुनेछ। जबकि कुकुरको प्रजनन र वितरण गर्नेलाई दुई वर्ष जेल वा अधिकतम जरिवाना हुन सक्छ।