लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मध्यरातदेखि अन्त्य

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन गए मध्यरातदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन अन्त्य भएकाे प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ । । चालु अधिवेशन तीन दिन मात्रै चलेको थियो ।

प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै ‘बिजनेस’ नभएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।