पोर्न फिल्म हेर्ने गरेको भन्दै १४ वर्षीय छोरालाई विष खुवाएर बुवाले गरे हत्या

१४ वर्षीया छोरालाई मारेको अभियोगमा भारतको महाराष्ट्रस्थित सोलापुर प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। ती व्यक्तिले छोरालाई विष खुवाएर हत्या गरेको प्रहरीको आरोप छ।

मोबाइल फोनमा पोर्न फिल्म हेर्ने गरेको भन्दै ती व्यक्तिले छोराको हत्या गरेको बताइएको छ। छोराको स्कुलबाट बालिकालाई दुर्व्यवहार गर्ने र पढाइमा ध्यान नदिएको पनि मृतकका बुवाले प्रहरीसँगको बयानमा भनेका छन्।

भारतीय सञ्चारमाध्यम  एक रिपोर्टअनुसार घटनाको सम्बन्धमा, पुलिसले भनेको छ, आरोपी विजयले आफ्ना १४ वर्षीय छोराको हत्या आफ्नी श्रीमती र पुलिसबाट लुकाएका थिए। गत जनवरी १३ मा विजय र उनकी श्रीमती छोरा हराएको उजुरी दिन प्रहरी चौकी पुगेका थिए। उजुरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले बालकको शव घर नजिकैको नालीमा फेला पारेको थियो। पोष्टमार्टम रिपोर्टमा मृतक विशालको शरीरमा सोडियम नाइट्रेट नामको विष फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि हत्याको मुद्दा दर्ता भएको थियो। मृतकका बुवा विजयको परिवार र छिमेकीलाई घटनाबारे सोधपुछ गरिएको थियो।

प्रहरीले यस विषयमा अनुसन्धान गर्ने क्रममा विजयले श्रीमतीसँग छोराको हत्या गरेको स्वीकार गरेका थिए। एडल्ट फिल्म हेर्ने छोराको लतबाट आफू दुःखी भएको र स्कुलबाट गुनासो पनि आइरहेको उनले आफ्नी श्रीमतीलाई बताएका थिए।

त्यसपछि श्रीमती कीर्तिले प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि प्रहरीले विजयलाई पक्राउ गरी २९ जनवरीमा अदालतमा पेश गरेको थियो। अदालतले उनलाई दुई दिनको प्रहरी हिरासतमा पठाएको छ।