विधायक बनेका सांसदको राजीनामा पछाडि भाजपाको नियत के छ ?

मध्य प्रदेश, छत्तीसगढ र राजस्थानमा नयाँ सरकार गठनलाई लिएर जारी विवादका बीच यी विधानसभा चुनावमा लडेका भाजपाका १० सांसदले संसद सदस्यताबाट राजीनामा दिएका छन् ।

हालै सम्पन्न पाँच राज्यमा भएको विधानसभा चुनावमा पार्टीले २१ जना सांसदलाई उम्मेदवार बनाएको थियो । जसमध्ये १२ उम्मेदवार विजयी भएका छन् भने ९ जनाले हारेका छन् ।

यि सांसदहरुले चाहेमा विधायिका छाडेर संसद सदस्य रहन सक्थे किनकी विधायिका छोडेपनि तीनवटै राज्यमा भाजपाको बहुमत कायम रहनेछ ।यी राजीनामाको समय महत्वपूर्ण बन्दै गएको छ किनभने आइतबारको चुनावी नतिजापछि शीर्ष नेतृत्वले मध्यप्रदेश, छत्तीसगढ र राजस्थानमा मुख्यमन्त्री पदका लागि नाम मन्थन गरिरहेको छ ।

मुख्यमन्त्री पदका लागि मध्य प्रदेशमा शिवराज सिंह चौहान, राजस्थानमा वसुन्धरा राजे र छत्तीसगढमा रमन सिंहको नाम प्रतिस्पर्धामा छ । तर भाजपाले नयाँ अनुहारलाई पनि मुख्यमन्त्री बनाउन सक्ने बताइएको छ ।

किन लिइयो सांसदहरुको राजिनामा ?

मध्य प्रदेशमा, फग्गन सिंह कुलस्ते, राकेश सिंह, उदय प्रताप सिंह, रीती पाठक, प्रह्लाद सिंह पटेल, गणेश सिंह र नरेन्द्र सिंह तोमर 7 सांसदहरूले चुनाव लडे। जसमध्ये गणेश र कुलस्ते चुनाव हारे ।

राजस्थानबाट भाजपाको तर्फबाट सात सांसदले चुनाव लडेका थिए। जसमा बाबा बालकनाथ, किरोडिलाल मीना, दिया कुमारी, राज्यवर्धन सिंह राठौर, भगीरथ चौधरी, नरेन्द्र खिचड र देवजी पटेल थिए। यी सातमध्ये चारले मात्र चुनाव जित्न सकेका छन् । चुनाव जित्नेमा राज्यवर्धन, बालकनाथ, दिया कुमारी र किरोडीलालको नाम रहेको छ ।

उही समयमा, छत्तीसगढमा, भाजपाका चार सांसदहरूले चुनाव लडे र विजयी तीनले राजीनामा दिए।
जसमा गोमती साई, रेणुका सिंह, अरुण साओ रहेका छन् । हार्नेमा दुर्गका सांसद विजय बघेल रहेका छन्, जो भूपेश बघेलका भतिजा हुन् र उनी पाटन विधानसभा सिटबाट पराजित भएका छन् ।