त्रिकोणात्मक टी-२० :नेपालले जित्याे उपाधि

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५१ रनले पराजित गरेर उपाधि जितेको छ ।

पहिले ब्याटिङ गरेर नेपालले पीएनजीलाई जितका लागि १६९ रनको लक्ष्य दिएको थियो । पीएनजीले सबै विकेट गुमाएर ११७ रनमात्र बनाउन सक्यो ।