सीमा नाकामा स्वास्थ्य मापदण्डमा उपेक्षा हुँदा गाउँघरमा संक्रमणको जोखिम बढ्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै सीमा नाकाहरुबाट नेपाल भित्रनेको संख्या बाक्लिएको छ। नेपालबाट जाँदा होस् या भारतबाट आउँदा होस् तेस्रो भेरियन्टको खतरा बढको छ।

सीमा नाकाका कारण कोरोना संक्रमण बढ्न सक्ने देखिएको छ। सबै नाकाबाट उच्च सतर्कताबिनै धमाधम मानिसहरु भित्रदाँ चाडबाडसँगै संक्रमण फेरि बढ्ने खतराप्रति सबै पक्ष सजग हुँनैपर्छ ।झण्डै दुई वर्षपछि नेपालभित्र ने तराईको सबै नाका खुलेका छन् । तर ती नाकाबाट भित्रने व्यक्तिले कोरोना संक्रमण बोकेर आउन सक्ने जोखिमप्रति भने कसैको वास्तै छैन। सबै नाकाहरु भद्रगोल र स्वास्थ्य मापदण्डमा उपेक्षा हुँदा संक्रमण गाउँघरसम्मै भित्रन सक्ने जोखिम रहेको स्वास्थ्य मन्त्रालयको भनाईछ ।

कतै पनि हेल्थ डेक्सको व्यवस्था छैन । भएकोमा पनि नाम मात्रकै छन् । स्वास्थ्य मापदण्डको पनि पालना गरेको देखिदैन । नाकाबाट भित्रनेको सामान्य ज्वरो समेत जाँच हुँदैन। हेल्थ डेक्स छेउबाटै मानिसहरु बिना परीक्षण हिँडिरहेका छन् ।चाडपर्व र आवागमन हुँदा बढ्ने जोखिम हुन्छ। छिमेकी मुलुक भारतमा अहिले पनि कोरोना भाइरस निर्मूल भएको छैन ।

अहिले चाडबाड नजिकिएसँगै बजारमा आवतजावत पनि बढेको छ। संक्रमणदर घटेको तथ्याङक देखिएकाले पनि कोरोनालाई सामान्य रुपले लिएको देखिन्छ । अर्काे तर्फ खोप लगाएकाहरु पनि आफूलाई केही हुँदैन भन्ने भ्रममा छन् ।करिब ४० प्रतिशतले अझै खोप पाएकै छैनन्। खोप लगाएका कतिपयमा स्वास्थ्य समस्या देखिएकाले स्वास्थ्य सतर्कता झन आवश्यकछ । नेपालमा बैशाख यता कोभिडको दोस्रो लहर देखापरेको थियो ।

डेल्टा भेरियन्टको संक्रमण देखिएकाले दोस्रो लहर बढि नै संक्रामक बन्यो। ८ हजार ५७ जनाको ज्यान गईसकेको छ।संक्रमण र मृत्युदर कायमै भएकाले जति लापरबाही त्यति जोखिम भएकाले कोरोनालाई वेवास्था गर्नै नहुँने विज्ञको सुझाव छ। नेपालमा अझै पनि संक्रमणदर १० प्रतिशतको हाराहारीमा छ। ५ प्रतिशत भन्दा बढीको संक्रमणदरलाई जोखिमयुक्त मानिन्छ । संक्रमण नियन्त्रणका लागि सरकारी पहलसँगै आमनागरिक पनि सचेत हुन जरुरीछ।