सेफ सन्तोष साह पक्राउ

काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई महोत्तरीबाट पक्राउ गरेको हो । गएराति उनलाई पक्राउ गरिएको हो ।

साहमाथि गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो ।

जिल्ला अदालत काठमाडौंले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए ।