नेपालमा उबरको आधिकारिक सेवा सुरु, बाइक र कार सञ्चालनमा
विश्वव्यापी राइड–सेयरिङ प्लेटफर्म उबरले नेपालमा आफ्नो औपचारिक सेवा सुरु गरेको छ ।
कम्पनीले शुक्रबार नेपालमा सेवा शुभारम्भ गरेको घोषणा गर्दै दक्षिण एसियामा एक दशकपछि नयाँ बजारमा विस्तार गरेको जनाएको हो ।
उबरका अनुसार नेपाल एशिया–प्रशान्त (एपीएसी) क्षेत्रको ११ औँ बजार बनेको छ । कम्पनीले काठमाडौंमा चारपाङ्ग्रे सवारीतर्फ ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुई पाङ्ग्रे सवारीतर्फ ‘उबर बाइक’ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा उबर सेवा सुरु गर्न पाउँदा हामी उत्साहित छौं । नेपाल हाम्रो विश्वव्यापी मोबिलिटी सञ्जालको महत्वपूर्ण हिस्सा बनेको छ । हामी यात्रु, चालक तथा पर्यटकहरूको आवश्यकतालाई सम्बोधन गर्दै नेपालको यातायात क्षेत्रको विकासमा योगदान दिन चाहन्छौं ।’
कम्पनीका अनुसार नेपालमा स्मार्टफोन प्रयोगकर्ता संख्या वृद्धि, शहरीकरण, पर्यटन विस्तार तथा सहज यातायात सेवाको बढ्दो मागलाई मध्यनजर गर्दै सेवा विस्तार गरिएको हो । सन् २०१० मा स्थापना भएको उबर हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा छ ।
उपकुलपतिका लागि आवेदन दिएकाहरूको सर्टलिस्ट को-को? (सूचीसहित)
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
पहिले सुनसान सडक, अब ट्राफिक जामः उत्तर कोरियामा नयाँ परिवर्तन
रमा तिवारी हत्या प्रकरण : १० दिनपछि भारतीय नागरिक पक्राउ, रकमको विवादले लिय…
हल्ला गरेर र ढोल बजाएर सीमा विवादको विषय , समाधान धन हँदैन' राष्ट्रिय स्वतन्त्…
६ दिनदेखि बेपत्ता दावा हिउँमा घिसिंदै थिए, हृयाम्स अस्पतालमा उपचार हुँदै
सशस्त्र प्रहरीद्वारा विपद् उद्धारसम्बन्धी कृत्रिम अभ्यास
प्रतिक्रिया