पूर्वगृहमन्त्री गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायाे
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।
पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा बनेको छानबिन समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष प्रतिबेदन बुझाएको हो ।
समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ ।
समितिले प्रतिवेदनसँगै जग्गा, स्टक एक्सचेन्जका प्रमाणहरू, रेमिट्यान्स, कतिपय मुद्दामा मिलापत्र भएको पाइएपछि त्यसको प्रमाण पनि बुझाएको छ।
गुरुङ र व्यवसायी दीपक भट्टबिच व्यवसायीक साझेदारी देखिएको भन्दै चौतर्फी बिरोध भएको थियो । त्यसपश्चात गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।
गुरुङमाथि छानबिन गर्न वैशाख २८ गते सरकारले पूर्वन्यायाधीश भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। जसमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए ।
उपकुलपतिका लागि आवेदन दिएकाहरूको सर्टलिस्ट को-को? (सूचीसहित)
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
पहिले सुनसान सडक, अब ट्राफिक जामः उत्तर कोरियामा नयाँ परिवर्तन
रमा तिवारी हत्या प्रकरण : १० दिनपछि भारतीय नागरिक पक्राउ, रकमको विवादले लिय…
हल्ला गरेर र ढोल बजाएर सीमा विवादको विषय , समाधान धन हँदैन' राष्ट्रिय स्वतन्त्…
६ दिनदेखि बेपत्ता दावा हिउँमा घिसिंदै थिए, हृयाम्स अस्पतालमा उपचार हुँदै
सशस्त्र प्रहरीद्वारा विपद् उद्धारसम्बन्धी कृत्रिम अभ्यास
प्रतिक्रिया