रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सबै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ।
शनिबार र आइतबार ७७ वटै जिल्लामा हुने अधिवेशनका लागि तीन सदस्यीय समिति गठन भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।
‘अधिवेशनका लागि ७७ वटै जिल्लामा तीन सदस्यीय निर्वाचन समिति बनेको छ । उहाँले सबै जिल्लामा अधिवेशन सम्पन्न गराएर आउनुहुन्छ । महाधिवेशन कार्यतालिका अनुसार नै काम भइराखेका छन्’, केसीले भने ।
बागमती र मधेसका केही पालिकामा उजुरी परेकाले अधिवेशन स्थगित भएको तथा कतिपय स्थानमा फेरि निर्वाचन गर्न निर्देशन दिएको उनले जानकारी दिए ।
रास्वपाको मौजुदा विधान अनुसार एक सभापति, एक उपसभापति, एक सचिव, एक सहसचिव, समावेशी सदस्य पाँच, प्रत्येक निर्वाचन क्षेत्रबाट एक/एक जना जिल्ला अधिवेशनबाट निर्वाचित हुनेछन्।
सभापतिले निर्वाचित समितिबाट एक जना कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ । कुल जिल्ला समिति बिजोर हुने गरी सभापतिले दुई वा तीन जना मनोनीत गरेर जिल्ला समिति गठन गर्न सक्नेछ।
यसअघि जेठ २६ गतेबाट हुने प्रदेश अधिवेशनका लागि आयोगले कर्णाली र सुदूरपश्चिम बाहेक सबै प्रदेशमा अधिवेशनको समन्वयन, सहजीकरण र प्रदेश निर्वाचन आयोग गठन गर्न केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूलाई जिम्मेवारी तोकेको थियो ।
आगामी असार ७, ८ र ९ गते चितवनमा रास्वपाकाे प्रथम महाधिवेशन हुनेछ।
उपकुलपतिका लागि आवेदन दिएकाहरूको सर्टलिस्ट को-को? (सूचीसहित)
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
पहिले सुनसान सडक, अब ट्राफिक जामः उत्तर कोरियामा नयाँ परिवर्तन
रमा तिवारी हत्या प्रकरण : १० दिनपछि भारतीय नागरिक पक्राउ, रकमको विवादले लिय…
हल्ला गरेर र ढोल बजाएर सीमा विवादको विषय , समाधान धन हँदैन' राष्ट्रिय स्वतन्त्…
६ दिनदेखि बेपत्ता दावा हिउँमा घिसिंदै थिए, हृयाम्स अस्पतालमा उपचार हुँदै
सशस्त्र प्रहरीद्वारा विपद् उद्धारसम्बन्धी कृत्रिम अभ्यास
प्रतिक्रिया