सरकारले हालका मन्त्री र पहिलो पटक सांसद बनेकाको सम्पत्ति छानबिन नगर्न भन्यो


काठमाडौँ। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले हालको मन्त्रिपरिषद् र संसद्मा पहिलो पटक सदस्य बनेकाहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोग सदस्य गणेश केसीका अनुसार सरकारले दिएको कार्यादेशमै नयाँ सांसद–मन्त्रीको सम्पत्ति छानबिन गर्ने व्यवस्था छैन। तर उजुरी परे चै छानबिन हुनेछ ।

आयोगले पहिलो चरणमा २०६३ यताका प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, स्थानीय तहका प्रमुख, पूर्व न्यायाधीश, उच्च पदाधिकारी र राजदूतसम्मको सम्पत्ति छानबिन गर्नेछ। परिवार र विदेशमा रहेका आफन्तको आर्थिक हैसियत समेत जाँच हुने अधिकार आयोगलाई दिइएको छ।

 

सरकारद्वारा मन्त्री र सांसदका सम्पत्तिको छानबिन नगर्ने निर्णय

सरकारले संसद्मा नयाँ मन्त्री र सांसदको सम्पत्ति छानबिन नगर्ने बताएको छ। जानीरख्नुस्, उजुरी परे छानबिन हुनेछ। #janabolitv #latestnews

Keywords: सरकारको सम्पत्ति छानबिन,नयाँ मन्त्रीको सम्पत्ति छानबिन,संसदमा सांसदका सम्पत्ति,अर्थतन्त्रको निगरानी,नेपालको सरकार,सम्पत्ति छानबिन आयोग,सांसदका वित्तीय विवरण,सम्पत्ति जाँच प्रक्रियाहरू,पारिवारिक आर्थिक हेर्नुहोस्,उजुरीको माध्यमबाट छानबिन