थाई पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राले पाए शाही माफी
बैंकक । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राले बुधबारदेखि आफ्नो जेल सजायसँग सम्बन्धित सबै कानुनी दायित्व पूरा गरेका छन् ।
शाही माफी पाएपछि उनको सबै दायित्व सकिएको हो । थाइल्याण्डको राजपत्रमा प्रकाशित आदेशअनुसार राजा महावजिरालोङ्कोर्नले थाक्सिनलाई दिइएको बाँकी प्रोबेसन अवधि पनि समाप्त गरिदिएका हुन् ।
यो निर्णय रानी सुथिदाको जन्मदिनको अवसरमा गरिएको व्यापक क्षमादान अन्तर्गत आएको हो । यस निर्णयसँगै थाक्सिन अब आफ्नो बाँकी कानुनी निगरानीबाट पूर्ण रूपमा मुक्त भएका छन् ।
७६ वर्षीय थाक्सिनलाई पछिल्लो महिना बैंककको जेलबाट रिहा गरिएको थियो । त्यसपछि उनी चार महिनाको प्रोबेसनमा थिए र इलेक्ट्रोनिक ट्र्याकिङ ब्रेसलेट लगाउनुपर्ने नियम थियो । तर शाही आदेशपछि उनी समयभन्दा पहिले नै पूर्ण रूपमा मुक्त भएका छन् ।
उनका वकिल विनयात चातमोन्ट्रीले ब्रेसलेट हटाउने प्रक्रिया केही दिन लाग्न सक्ने बताएका छन् ।थाक्सिनमाथि आफ्नो पदको दुरुपयोग गरी व्यापारिक फाइदा लिएको र सरकारी लटरी परियोजनामा अनियमितता गरेको आरोपमा मुद्दा चलेको थियो ।
उनलाई सन २०२३ मा आठ वर्षको जेल सजाय सुनाइएको थियो । यो सजायलाई पछि राजाले घटाएर एक वर्षमा सीमित गरेका थिए ।
स्वास्थ्य कारण देखाउँदै उनले केही समय बैंकक प्रहरी अस्पतालको विशेष कक्षमा सजाय भोगेका थिए । थाक्सिन २००१ देखि २००६ सम्म थाइल्याण्डका प्रधानमन्त्री थिए । सैन्य ‘कू’ले उनलाई सत्ताबाट हटाएको थियो ।
राप्रपा नेता लोहनीले छाडे पार्टी
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछ…
राष्ट्रपति कार्यालयबाट चोरिएका हात्तीका दाह्रासहित ५ जना पक्राउ, लागुऔषध पनि ब…
ओलीको आक्रोश: आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने ? खरा…
लेबनानमा इजरायली आक्रमण : ६ जनाको मृत्यु
प्रधानन्यायाधीश शर्माद्वारा न्यायपालिका थप समुन्नत र सबल बनाउने प्रतिबद्धता
कोशी प्रदेशमा पनि बेरुजु बढ्दो
प्रतिक्रिया