प्रधानन्यायाधीश शर्माद्वारा न्यायपालिका थप समुन्नत र सबल बनाउने प्रतिबद्धता
काठमाडौँ । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत, सबल र जनउत्तरदायी बनाउने दिशामा आफू प्रतिबद्ध रहेको बताएका छन् ।
सर्वोच्च अदालत बार एशोसिएशनले बुधबार काठमाडौँमा आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा उनले विगतका प्रधानन्यायाधीशहरूले अवलम्बन गरेका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै न्यायपालिकाको संस्थागत सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने बताए ।
प्रधानन्यायाधीश शर्माले अदालतमार्फत हुने विवाद समाधानलाई पहिलो रोजाइ नभई अन्तिम विकल्पका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले वैकल्पिक विवाद समाधानका उपायलाई व्यवहारमा प्रभावकारी बनाउन बारको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनले संविधानको सर्वोच्चता, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, न्यायिक निष्पक्षता तथा संस्थागत सुशासनप्रति आफू सदैव अडिग रहने प्रतिबद्धता व्यक्त गरे ।
संविधानले परिकल्पना गरेअनुसार न्याय प्रशासनलाई छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी तथा थप जनउत्तरदायी बनाउन सके मात्र आम नागरिकको विश्वास आर्जन गर्न सकिने उनको भनाइ थियो ।
प्रधानन्यायाधीश शर्माले न्यायिक सुधारका योजना कार्यान्वयनमा नेतृत्वदायी भूमिका प्रधानन्यायाधीशको रहने भए पनि न्यायाधीश र कर्मचारीबीचको समन्वयात्मक सहकार्यबाट मात्रै न्यायालयको सुधार र सुदृढीकरण सम्भव हुने बताए ।
राप्रपा नेता लोहनीले छाडे पार्टी
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछ…
राष्ट्रपति कार्यालयबाट चोरिएका हात्तीका दाह्रासहित ५ जना पक्राउ, लागुऔषध पनि ब…
ओलीको आक्रोश: आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने ? खरा…
लेबनानमा इजरायली आक्रमण : ६ जनाको मृत्यु
कोशी प्रदेशमा पनि बेरुजु बढ्दो
प्रतिक्रिया