सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन
मुख्यमन्त्री लालबाबु राउतले सूचना प्रविधिको अधिकतम र उचित प्रयोग गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
प्रादेशिक सुशासन केन्द्र जनकपुरको मुजेलियामा प्रदेश मातहतका कर्मचारीका लागि आयोजित सूचना सञ्चार प्रविधिसम्बन्धी क्षमता अभिवृद्धि तालीमको समापन समारोहमा उहाँले समृद्धि र विकासका लागि सूचना प्रविधिको अधिकतम प्रयोग गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
कर्मचारीहरुका लागि अनुशासन आवश्यक रहेको जिकिर गर्नुहुँदै उहाँले कर्मचारीतन्त्रमा अनुशासन कायम नभएसम्म विकास र समृद्धिको परिकल्पनासमेत गर्न नसकिने स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमप्रसाद भुसालको अध्यक्षतामा भएको सो समारोहमा प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलले प्रदेशका कर्मचारीलाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ तालीम आयोजना गरिएको र आगामी दिनमा पनि यस्ता तालीमहरुलाई निरन्तरता दिने जानकारी गराउनुभयो ।
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो
मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका थुनुवाको मृत्यु
वैवाहिक बलात्कार र डिभोर्स मुद्दा मेलमिलापमा गएपछि बाटो ढुकेर पत्नीको हत्या
११ महिनामा २२२ जना लागूऔषध कारोबारमा पक्राउ
बालुवामा पुरिएर मजदुरको मृत्यु
प्रतिक्रिया