एमाले कञ्चनपुरको अधिवेशनमा विवाद
नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनलाई लम्ब्याएर सहमतिको खाका तयार गरेपछि विवाद भएको छ ।नेताहरूले पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई आइतबार सामूहिक रूपमा उम्मेदवारी फिर्ता गराएका थिए ।
अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्षमा जनक अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिव अध्यक्षका आकांक्षी अशोक चन्द र राजीव खड्कालाई बनाउने सहमति भएको छ ।
अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
चन्दले अधिवेशन प्रतिनिधिको भावनाविपरीत सर्वसम्मतिको नाममा विधि, विधान मिचिएकाले तालाबन्दी गरिएको बताए ।
चन्द अघिल्लो कार्यकालमा सर्वाधिक मत ल्याएर उपसचिवमा निर्वाचित भएका थिए । चन्दलाई उपाध्यक्ष बनाउनुपर्ने मागकाबीच अघिल्लो अधिवेशनमा जिल्ला कमिटी सदस्यमा हारेका अवस्थीलाई बनाउन खोजिएपछि विरोध भएको एक नेताले बताए ।
‘अन्य व्यक्तिको बारेमा खासै समस्या होइन । अघिल्लो पटक सदस्यमा चुनाव हारेकालाई उपाध्यक्ष बनाउने सहमतिका कारण विरोध भएको हो,’ ती नेताले भने, ‘कर्ण कमरेड उपसचिवमा पहिले सर्वाधिक मत ल्याएर जित्नुभएको थियो । उहाँलाई कुनै न कुनै भूमिका दिनुपर्ने थियो ।’
सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने
सुदूरपश्चिम प्रदेशमा ‘एक जिल्ला एक उद्योग’ कार्यक्रमका लागि बजेट अभाव
डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा बिक्री
कर्णालीमा बालबालिकाको क्षेत्रमा लगानी न्यून
सरुवा रोगबाट बच्न गाउँमा सरसफाइ
प्रतिक्रिया