आगामी वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्छ : प्रधानमन्त्री ओली
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्ने दाबी गरेका छन् ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्ने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व गरेको एक वर्षमै मुलुकको अर्थतन्त्रले लय समातेको दाबी पनि गरे ।
‘मैले सरकारको नेतृत्व सम्हालेको एक वर्षमै ७ प्रतिशत आर्थिक वृद्धि भयो । सात वटै प्रदेशमा आर्थिक वृद्धि ६ प्रतिशत रहेको ओलीले भने ।
प्रतिक्रिया