ट्यांकरमा आगलागी ३० हजार लिटर डिजल नष्ट

बुटवल- एभरेष्ट आयल सप्लायर्समा रहेको ट्यांकरमा आगलागी भएको छ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्समा रहेको ट्यांकरमा आगलागी भएको हाे ।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार पम्पकोे लागि इन्धन लिएर आएको ट्यांकरले पम्पको ट्यांकीमा तेल खन्याउने क्रममा आगलागी भएको हाे ।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार सोमबार राति करिब ८ बजे भएको आगलागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर जलेर नष्ट भएको हाे ।

साथै ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको बताइएको छ। आगलागीबाट कति क्षती भयो भनेर पुरा विवरण आइनसकेको प्रहरीले जनाएको छ।

आगलागीबाट इन्धन खन्याउने क्रममा अपरेटरको हातखुट्टा जलेको छ । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको छ।