चार लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार र उनकी श्रीमती पक्राउ

बुटवल-रुपन्देहीमा एकजना हवल्दार चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत एकजना प्रहरी हवल्दार र उनकी श्रीमती ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले प्रहरी हवल्दार शिवचन्द्र साहनी र उनकी श्रीमती निर्मला केवटलाई ४ लाख घुस रकमसहित शुक्रबार पक्राउ गरिएको पुष्टि गरेका छन् ।

थुनुवाहरुलाई धरौटीमा छुटाइदिन्छु भन्दै उनीहरुले चार लाख घुस लिँदै गर्दा सियारी गाउँपालिका–७ अमुवाको खनाल मिष्ठान्न भण्डारबाट रंगेहात पक्राउ गरिएको हो ।

साहनी र उनकी श्रीमती अहिले अख्तियारको नियन्त्रणमा छन् ।