कुखुरा चोरीकाे आरोपमा कुटपिटबाट एक युवकको मृत्यु

दाङ-कुखुरा चोर्न खोजेको आरोपमा कुटपिटबाट दाङको देउखुरीमा एक युवकको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय भालुबाङले राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती निवासी १८ बर्षीय नरेश चौधरीको कुटपिटबाट मृत्यु भएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक भुवन भट्टका अनुसार हिजो राति छिमेकी २५ बर्षीय ओमप्रकाश घर्ती र उनका ६० बर्षीय बुवा खलबहादुर घर्तीको कुटपिटबाट चौधरीको मृत्यु भएको हाे ।

घर्ती परिवारले चोरको आरोप लगाएपछि उनकौ घरमा आएका चौधरीलाई बाबु छोरा मिलेर हात र लठ्ठीले चौधरीमाथि कुटपिटि भएको प्रहरीले जनाएको छ ।

रक्ताम्य हुँदै घर गएका चौधरीको अत्यधिक रक्तश्रावाका कारण मृत्यु भएको प्रहरीले जनाएको हो । घटनामा संलग्न बाबुछोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।