काठमाडौं उपत्यका जोरबिजोर उल्लंघन गर्ने ९ सय ५७ सवारीसाधन नियन्त्रणमा

काठमाडौं - विश्व्यापी महामारी रुपमा फैलिएका कोरोना भाइरस संक्रमण रोकथापको लागी सरकारले लगाएको जोरबिजोर उल्लंघन गर्नेलाई हिजो शनिबार काठमाडौं उपत्यकाबाट ट्राफिक प्रहरीले ७९९ दुई पाङ्ग्रे र १५८ वटा ४ पाङ्ग्रे सवारीसाधनलाई कारबाही गरेको छ ।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली उल्लंघन गर्ने ९सय ५७ सवारीसाधनलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि यसलाई नियन्त्रण गर्न नम्बर प्लेटको आधारमा सवारीसधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जोरबिजोर नम्बरका सवारी साधन चलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।