एकता युवा क्लबको प्रथम बार्षिक उत्सब कार्यक्रम सम्पन्न

धुलावारी-झापास्थित एकता युवा क्लबको प्रथम बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएकाे छ । हिजाे शनिवार प्रदेशसभा सांसद गोपाल चन्द्र बुढाथोकीको प्रमुख आथित्यतामा उक्त्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा मेचिनगर नगरपालिकाका मेयर बिमल आचार्य, महिला अभियन्ता रेनुका डागी, इस्ट होराइजन मा.बि का प्रिन्सिपल सन्जिब राई, गृहलक्ष्मी सहकारीका व्यवस्थापक सरोज मेहराकाे उपस्थिती रहेकाे थियाे ।

उक्त्त कार्यक्रममा कोरोनाको प्रभाब, युवा र बिकाश भन्ने बिषयक छलफल समेत आयाेजना गरिएकाे एकता युवा क्लबका सचिव मन्जु चिमरियाले जानकारी दिएकी छिन् ।

छलफलमा बक्ताहरु क्रमश प्रदेश साम्सद गोपाल चन्द्र बुढाथोकी, मेचिनगर प्रमुख बिमल आचार्य र डा. पोस्णराज त्रिपाठीले कोरोनाको प्रभाब, युवा र बिकाश भन्ने बिषयमा आआफ्नाे धारणा प्रस्तुत गरेका थिए ।

सस्थाको तर्फ बाट स्वागत मन्त्ब्य राख्दै एकता युवा कल्बकी सचिब मन्जु चिमरियाले विगत एक बर्ष देखि गरेको कार्यक्रम र भावी योजना बारे प्रस्ट पारिकी थिइन ।

उक्त कार्यक्रममा ६० जना युवाहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक सन्तोष धमलाले जानकारी दिएका छन् ।