सप्तरीमा कोरोना संक्रमित बढ्न थालेसँगै पिसिआरको दायरा बढाउन माग

काठमाडौँ ।सप्तरीमा कोरोना संक्रमित बढ्न थालेसँगै पिसिआरको दायरा बढाउन सरोकारवालाहरुले माग गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले लकडाउन खुलेसँगै राजविराजसहित जिल्लाको विभिन्न ठाउँमा संक्रमण बढेकाले पिसिआरको दायरा बढाउन जोड दिएका हुन् ।

जिल्लामा दैनिक सङ्क्रमणको अवस्था तथा आगामी चाडपर्वको समयमा हुने सम्भावित ओहरदोहर र भीडभाडका कारण जिल्लामा हाल भइरहेको परीक्षणको दायरा बढाउन माग गरिएको हो ।

त्यसका साथै , बैठककले जिल्लामा स्वाब परीक्षण गर्ने भिटीएम र किट (रिएजेन्ट) लगायतका स्वास्थ्य सामग्री सहयोग गरिदिन सङ्घ र प्रदेश सरकारलाई आग्रह समेत गरेको छ ।

हाल जिल्लामा कोरोनाबाट एक हजार ३६२ सङ्क्रमित रहेका छन् भने १९ जनाको मृत्यु भएको छ ।जसमध्ये एक हजार १०३ जना डिस्चार्ज भइसकेको तथ्याकंले जनाएको छ ।