मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाही - ईश्वरपुर नगरपालिका-५ सखुबनीस्थित सडकमा ना.५ प ३६९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ६५ वर्षीय पुरुषोत्तम प्रसाद कोईरालाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको अमृत हेल्थ केयर बयलबास हुँदै धुलिखेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।