एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ 

पर्सा - पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका १७ अलौबाट असोज २१ गते एपीएफ टोलीले ४५ बोतल कोरेक्स र ५० चक्की नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उमहानगरपालिका ९ बस्ने २३ वर्षिय अशोक थापा छन् ।

प्र ०३–०३–००१ नम्बको मोटरसाईकलमा सवार निज थापालाई सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज थापालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी सिर्सियामा बुझाईएको छ ।