कोरोना संक्रमण पुष्टि भएकी कञ्चनपुरकी सुत्केरीको जुम्ल्याहा जन्माएपछि मृत्यु

बुटवल-बाँकेमा कोरोना संक्रमित सुत्केरी महिलाकाे मृत्यु भएको छ।

बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा उपचारका क्रममा आज (आइतबार) बिहान ४:३० बजे उक्त्त महिलाकाे निधन भएकाे हाे ।

कञ्चनपुरकाे महेन्द्रनगर-२ ठेगानाकी २९ वर्षीया सुत्करीकाे उपचारका क्रममा आज (आइतबार) बिहान ४:३० बजे मृत्यु भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

एक छाेरा र छाेरी जुम्ल्याहा जन्माएकी उनकाे कञ्चनपुरकाे धनगढीस्थित सेती अस्पतालमा उच्च रक्तश्राव भएपछि पाठेघरको अपरेसन गरिएको थियो।

रगत चढाई उपचार गर्ने क्रममा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि यही असोज १५ गते उनलाई नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो।

तर उपचारकै क्रममा आज बिहान उनकाे मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचार गराएका ९ संक्रमितको मृत्यु भएको नेपालगन्ज मेडिकल कलेजले प्रेस विज्ञप्तिबाट जानकारी दिएकाे छ।

अहिलेसम्म दुवै बच्चाको स्वास्थ्य सामान्य रहेको चिकित्सकले जानकारी दिएका छन्।