मिनि ट्रकसहित ६२ वटा खसी सशस्त्र प्रहरीकाे नियन्त्रणमा

देउखुरी-सशस्त्र प्रहरी बल नेपाल अर्जुनखोलाले राजश्व छलेर अवैध रूपमा खसी ल्याउँदै गरेको मिनि ट्रकसहित ६२ वटा खसी नियन्त्रणमा लिएको छ ।

भारतसँग जोडिएको दाङ सिमा नाकाको कोइलाबास हुँदै नेपाल ल्याउँदै गरेको अवस्था शुक्रबार राति करिब १० बजे रा १ ख १३१५ नम्बरको ट्रक र ६२ वटा खसी सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल २९ नम्बर गण (हेकुवा ज्वालामाई गण) भालुवाङ्का एसपी टोपबहादुर खनालले नेपाल भारत सिमा क्षेत्र बन्द भएको मौका छोपी बैकल्पिक बाटोको प्रयोग गरेर भारतबाट संकलन गरि नेपालको सिमा क्षेत्र हुँदै नेपाल ल्याउन लागेको अनुमान गरिएको जानकारी दिएका छन् ।


उनका अनुसार अवैध खसी नेपाल भित्र्याउने सम्बन्धित व्यक्ति फेला परेको छैन । ट्रकसहित ६२ वटा खसी नेपालगन्ज भन्सार कार्यालयमा अहिले बुझाउने तयारी भएको एसपी खनालले जानकारी दिए ।