राैतहटकाे बिश्रामपुर स्थित उखुबारीमा एक बालिकाको शव फेला

राैतहट-राैतहटकाे बिश्रामपुर स्थित वृन्दावन नगरपालिकाको उखुबारीमा शुक्रबार साँझ एक बालिकाको शव फेला परेको छ ।

प्रहरीले बाराकाे गढीमाइ नगरपालिका–१ समनपुरका सीताराम साहकी १३ वर्षीया सन्जाको शव फेला परेको जनाएको छ ।

रौतहटका डिएसपी तथा प्रवक्ता भरत श्रेष्ठका अनुसार वृन्दावन नगरपालिका–४ पलटुवाटोल मामाघरमा बसेकी सन्जा सोही गाउँका होस नारायण यादवको उखुबारीमा मृत भेटिएकी हुन् ।

उखुबारीमा बालिकाको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताएका छन्। बालिकाको हत्या गरेर उखुबारीमा फालिएको हुन सक्ने स्थानीयले बताएका छन्।