मृत अवस्थामा फेला

गुल्मी - ईस्मा गाउँपालिका-३ खासीचौर बस्ने ४९ वर्षीय वीर बहादुर कुमाल सोही गाउँपालिका-५ अधेरी खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।