मिर्चैया नगरपालिकाको नगरका सबै विद्यालय सञ्चालन गर्ने निर्णय

सिरहा - कोरोना महामारीको कारणले लामो समय देखी मुलुकभरकै विद्यालय बन्द रहेकोले सिरहाको मिर्चैया नगरपालिकाले आइतबारदेखि नगरका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको शुक्रबार बसेको बैठकलेसामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय संचालन गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा अधिकृत भरत कुमार बानियाले बताएका छन् ।

विद्यालय प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउने निर्णय समितिले गरेको छ । विद्यालय सञ्चालन गर्ने निर्णयमा कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने र एउटा डेस्कमा दुई जना विद्यार्थी मात्र राख्नुपर्नेछ ।
पाठ्यक्रम विकास केन्द्रबाट जारी गरिएको पाठ्यक्रम समायोजन ढाँजा २०७७ लाई मध्यनजर राख्दै पठनपाठन गर्न ।
लकडाउन अवधि वैशाखदेखि भदौसम्म कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने नगर शिक्षा समितिको निर्णय छ ।