भरुवा बन्दुक सहित पक्राउ
बाँके - राप्तीसोनारी गाउँपालिका-१ सुनखरे बस्ने ३७ वर्षीय शान्त बहादुर घर्तीलाई १ थान भरुवा बन्दुक सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक अबैध रुपमा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धम प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया