लागुऔषध (अफिम) सहित रोल्पामा दुईजना महिला पक्राउ

काठमाडौं - प्रहरीले रोल्पाको थवाङ गाउँपालिका–२ बाट लागुऔषध (अफिम) सहित दुईजना महिलालाई पक्रेको छ । थवाङ–२ ठुलोगाउँ घर भएकी ४५ वर्षीय मुली झाक्री र ३६ वर्षीय बिना ज्योती रोकालाई थवाङको छेर्लावाङबाट ९ किलो ८२ ग्राम लागु औषध (अफिम) का साथ प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

 प्रहरीले, ४५ वर्षीय मुली झाक्रिले बोकेको रातो साइड ब्यागबाट ४ किलो ८८५ ग्राम र ३६ वर्षीय बिना ज्योती रोकाले बोकेको साईड ब्यागबाट ४ किलो ९३५ ग्राम लागुऔषध (अफिम) बरामद गरेको छ ।
ती महिलालाई साईडमा भिर्ने लेडिज ब्याग बोकाएर अफिम तस्करी गर्ने गिरोहले भरियाको रुपमा प्रयोगमात्र गरेको हुनसक्ने बताइएको छ ।

साथै अदालतबाट लागुऔषधसँग सम्बधित यस मुद्धामा म्याद थपेर उनीहरुबारे थप अनुसन्धान गरिने प्रहरी काय रोल्पाले जनाएको छ ।