महोत्तरीमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

महोत्तरी -  बर्दिबास नगरपालिका-६ स्थित सडकमा ज.१च १८४६ नम्बरको बलेरोले ‘अनटेस्ट’ लेखेको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३२ वर्षीय प्रमोद राय र मोटरसाइकलमा सवार २८ वर्षीय देवबहादुर खपाङ्गीको मोडल अस्पताल लालगढ धनुषा हुँदै थप उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई फरार रहेका बलेरो चालकको खोजी गरिरहेको छ ।