सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

सिरहा -  कर्जन्हा नगरपालिका-३ स्थित सडकमा ज.१ त ६२१६ नम्बरको ट्याक्टरबाट खसेर धनुषा, धनुषाधाम नगरपालिका-२ बस्ने २६ वर्षीय अरुण सदाको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको फुलकुमारी मेमोरियल अस्पताल कन्जर्हामा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।