सत्यतथ्य र विशाल नेपाल

काठमाडाैँ। राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन, ऐतिहासिक सन्दर्भ, उपनिवेश उन्मूलनको मुद्दा र छिमेकीहरूसँग भएका विभिन्न सन्धि सम्झौताका आधारमा विशाल नेपाल पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्म हो । विशाल नेपाल आन्दोलन मुख्य भूभागले आफ्नो बाँकी रहेका भूभाग प्राप्तिको आन्दोलन हो ।

१. सुगौली सन्धिमा गुमेका भूभागको जिम्मेवारी बेलायतले लिनुपर्दछ ।
सन् १८१५ डिसेम्बर २ मा प्रस्तावित भएको सुगौली सन्धिमा चुरे पहाडको फेदीदेखि तलको सम्पूर्ण तराई भूभाग ब्रिटिस साम्राज्यमा गाभिने प्रावधान राखिएकाले १५ दिनभित्र नेपालका महाराजाधिराजबाट अनुमोदन हुनुपर्ने भनिएकोमा सन्धिको ९३ औं दिनमा हस्ताक्षर भयो । नेपालको असन्तुष्टिले सन् १८१६ डिसेम्बर ८ मा प्रस्तावित र ११ डिसेम्बरमा नेपालबाट अनुमोदन भएको संशोधित सुगौली सन्धि अनुसार इस्ट इन्डिया कम्पनीले कोसी र गण्डकी तथा गण्डकी र राप्तीका बीचको तराईको केही भूभाग नेपाललाई फिर्ता गर्या । सन् १८६० मा नेपाल र ब्रिटेनबीच भएको सन्धि अनुसार राप्ती र महाकालीका बीचको पश्चिम तराई (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) चार जिल्ला ‘नयाँ मुलुक’ को रूपमा नेपालले फिर्ता पायो ।

सदाका लागि भनेर खोसेको भूमिमध्ये इस्ट इन्डिया कम्पनीले एक वर्ष नपुग्दै तराईको केही भूभाग फिर्ता गर्योो भने सन् १८६० मा तराईको केही भूभाग नेपाललाई फिर्ता गर्योे । यसरी सुगौली सन्धिपछि दुई पटक नेपालले आफ्नो भूभाग फिर्ता पायो । अब ब्रिटिस साम्राज्यवादले जितेको हाल भारतमा उपनिवेशका रूपमा रहेका मेची र टिष्टा बीचका भूभागहरू र महाकाली र काँगडा बीचका भूभागहरूका जिम्मेवारी कसले लिने हो ? यसको जिम्मेवारी बेलायतले लिनुपर्दछ । किन नेपालले दुई पटक भूभाग फिर्ता पाए पनि पूरै भूभाग फिर्ता पाएन ? किन दिइएन ?

२. इन्डिया इन्डिपेन्डेन्ट एक्टमा नेपाली भूभाग भारतमा गाभ्ने कुनै प्रावधान छैन ।
ब्रिटिस साम्राज्यवादको विरुद्ध भारतमा स्वतन्त्रताका लागि आन्दोलन भएपछि ब्रिटिस सरकारले भारत र पाकिस्तान नामक दुई स्वतन्त्र राष्ट्र स्थापना गर्ने गरी सन् १९४७ जुलाई १८ मा त्यहाँको संसद्बाट इन्डिया इन्डिपेन्डेन्ट एक्ट पारित ग¥यो । जुन एक्टले सुगौली सन्धिबाट खोसिएको नेपालको भूभाग इन्डियामा एकीकृत हुनेछ भनिएको छैन ।

३. सन् १९५० जुलाई ३१ को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको धारा ८ ले सुगौली सन्धिलाई रद्द गरेको छ ।
यस सन्धिको धारा ८ मा यस्तो लेखिएको छ – “जहाँसम्म यहाँ उल्लेख गरिएका कुराहरूको सवाल छ, तिनको हकमा यो सन्धिले नेपाल सरकार र भारत सरकारको तर्फबाट ब्रिटिस सरकारको बीचमा भएका सबै सन्धिहरू, सम्झौताहरू र प्रतिज्ञापत्रहरूलाई खारेज गरेको छ ।” यसरी भारतले यस्तो धारा राखेर नेपालको सिमाना अन्योलमा राख्नुको मनसाय अनुकूल भएको अवस्थामा नेपाललाई भारतमा गाभ्नु हो । भारतकै इतिहासकार श्रीमन नारायणले सन् १९५० को सन्धिका विषयमा यसरी लेखेका छन्–“यो भारतको पोलिटिकल ब्लन्डर हो । जुन दिन नेपालले आफ्नो यो भूमिमाथि दाबी गर्छ त्यतिबेला भारतसित शक्ति प्रयोगको भाषा बोल्ने बाहेक अरू विकल्प रहँदैन ।” यही सन्धिका कारण नेपालले आफ्नो गुमेको भूभाग फिर्ता लिने गतिलो आधार प्राप्त गरेको छ ।

४. सन् १९५० अक्टोबर ३० को नेपाल–ब्रिटिस सन्धिको धारा ८ ले सुगौली सन्धिलाई रद्द गरेको छ ।
यस सन्धिको धारा ८ मा यस्तो लेखिएको छ – “यो सन्धिपत्र चालु भएको मितिदेखि जहाँतक युनाइटेड किङडम र नेपालका बीचको समपर्क छ, युनाइटेड किङडम सरकार र नेपाल सरकारका बीचमा सन् १९२३ को डिसेम्बर २१ तारिखअघि औ सो तारिखमा काठमाडौंमा हस्ताक्षर भएको सन्धिपत्रसमेत खारेज हुनेछन् ।” यसरी ब्रिटिस साम्राज्यवाद इन्डियामा शासन गर्न आएका बेला भएका सबै असमान सन्धि र सम्झौताहरू खारेज भएकाले नेपाल स्वतः कानुनी रूपमा टिष्टा–काँगडा हो ।

५. उपनिवेश उन्मूलनको मुद्दा
सन् १९६० मा संयुक्त राष्ट्रसंघले सङ्कल्प प्रस्ताव नंं. १५१४ मार्फत ‘विश्वभरिका सम्पूर्ण उपनिवेशहरू स्वतन्त्र हुनुपर्छ ।’ भन्ने प्रावधान अनुसार भारतले आफ्नो अधीनमा उपनिवेश बनाइराखेको नेपालको सम्पूर्ण भूभाग फिर्ता दिनुपर्दछ । भारतले आफूलाई ब्रिटिस साम्राज्यवादबाट स्वतन्त्र भएको मुलुक ठान्ने हो भने नेपालको भूभाग लामो समयसम्म उपनिवेश बनाइराख्न सक्दैन ।

६. नेपाली भूभाग भारतमा उपनिवेशका रूपमा छन् ।
भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले बन्दी जीवन बिताउँदा लेखेको न्ष्mिउकभक या तजभ धयचमि ज्ष्कतयचथ पुस्तकमा नेपालका भूभागहरू भारतमा उपनिवेशका रूपमा रहेका छन् भन्ने स्विकारिएको छ ।

७. सन् १८१७ को इस्ट इन्डिया कम्पनी–सिक्किम सन्धिले नेपालको भूभाग भारतमा उपनिवेशका रूपमा छन् ।
सन्धिको धारा १ मा यस्तो लेखिएको छ– “माननीय इस्ट इन्डिया कम्पनीले सिक्किमपति राजा अथवा उनका उत्तराधिकारीहरूलाई पूर्ण प्रभुसत्तासहितको मेची नदीपूर्व, टिष्टा नदी पश्चिममा रहेका समस्त पर्वतीय देश सुम्पिदिन्छ । पहिले यो देश गोर्खाका राजाका अधिकार र कब्जामा थियो, जुन सुगौलीमा भएको शान्ति सन्धिद्वारा माननीय इस्ट इन्डिया कम्पनीमा गाभिएको थियो ।” यस सन्धि अनुसार नेपालका भूभाग भारतमा उपनिवेशका रूपमा छन् ।

८. २५०० वर्षअघिदेखि स्वाधीन रहेको नेपालको भूभाग सन् १९४७ मा स्वतन्त्र भएको भारतमा कसरी रहन पुग्यो ?
विश्वमा पुराना २० वटा देशहरूमा एक देश नेपालको भूभाग भर्खरै स्वतन्त्र भएको भारतमा कसरी गाभियो ? ऐतिहासिक यथार्थ अनुसार पुरानो देशको भूभाग नयाँ देशले उपनिवेशका रूपमा राख्न सक्दैन ।

९. बेलायतले लिएका नेपाली भूभाग कसरी भारतमा छन् ?
सुगौली सन्धि मार्फत नेपालले गुमाएका भूभागको खोजी गर्दा हाल ती भूभाग भारतमा पाइनाले कुन आधारमा ती भूभाग भारतमा छन् ?

१०. गोर्खा सेनाबारे त्रिपक्षीय सन्धि भयो तर नेपाली भूभाग बारे सबै किन मौन ?
सन् १८१५ मा अङ्ग्रेजले नेपालसँग भूमिसहित गोर्खालीहरू समेत लिएका थिए । भारत स्वतन्त्र हुने समयमा बेलायत र भारतबीच गोर्खा सैनिक बाँडफाँट गर्ने निर्णय गरियो । नेपाललाई समेत राखेर त्रिपक्षीय सन्धि भयो । नेपालको भूमिको बारेमा सबै मौन किन रहे ?

११. नेपालको भूभाग फिर्ता माग्ने र फिर्ता गर्ने प्रसङ्ग
भारत स्वतन्त्र भएपछि नेपालको भूभाग फिर्ता दिनुपर्छ भन्ने कुरा उठे पनि नेपालले बेवास्ता ग¥यो । जङ्गबहादुरलाई अवधका राजाहरूले लेखेको पत्र, जसमा लेखिएको थियो कि फिरङ्गीहरूलाई धपाउन सहयोग गर्नुहोस्, हामी गंगासम्मको नेपालको भूभाग फिर्ता दिनेछौं तर जङ्गबहादुरले अङ्ग्रेजलाई सन् १८५७ को सिपाही विद्रोहमा साथ दिएर थोरै भूभाग मात्रै फिर्ता लिए । भारतीय स्वतन्त्रता सङ्ग्राममा आफूहरूलाई सहयोग गर्न सुवासचन्द्र बोसले नेपालीहरूसँग अनुरोध गरेका थिए । अङ्ग्रेजहरूलाई धपाएपछि नेपालका भूभाग नेपाललाई फिर्ता दिलाउने वचन दिएका थिए । त्यही आशामा नेपालीहरू स्वतन्त्रता सङ्ग्राममा लागेका थिए । भारत स्वतन्त्र भयो तर नेपालका भूभागको स्वतन्त्रता हरण गरेर ती भूभाग भारतमै राखियो ।

१२. गोर्खाल्यान्ड आन्दोलनले दार्जिलिङ भारतमा गाभिनुको वैधानिक आधार छैन भन्ने स्पष्ट ग¥यो ।
टिष्टा र मेचीको बीचमा पर्ने दार्जिलिङ जिल्लामा सन् १९८६ मे १२ तारिखदेखि गोर्खाल्यान्ड आन्दोलन सुरु भयो । त्यस आन्दोलनमा थुप्रै नेपालीहरूले वीरगति पाए । सन् १९९१ म सुवास घिसिङले भारतीय प्रधानमन्त्रीलाई दार्जिलिङ क्षेत्रको वैधानिक स्थिति स्पष्ट पार्न माग गर्दै चिठी लेखे । सन् १९९२ मा नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद पनि चिठी पठाए । कसैबाट पनि समाधान नमिलेपछि सुवास घिसिङले भारतीय सुप्रिम कोर्टमा मुद्दा हाले ।

१३. दार्जिलिङका जनता नेपालका राजाका प्रजा हुन् ।
सुवास घिसिङले नेपालका राजा श्री ५ वीरेन्द्रलाई दार्जिलिङ नेपालको हो भनी मौसुफसमक्ष बिन्तीपत्र दिए । त्यसमा उनले यसो भनेर आह्वान गरेको थिए कि हामी मौसुफका रैती हौं । तर नेपालको पक्षबाट यस विषयमा कुनै उत्तर पठाएन ।

१४. भारतको संविधानले नै दार्जिलिङ भारतको हो भन्ने मान्दैन ।
दार्जिलिङमाथिको भारतीय सुप्रिम कोर्टको आदेशले भारतीय संविधानले ती क्षेत्रहरूलाई समेट्न नसक्ने कारणले ती क्षेत्रहरूप्रति सोझै नेपालको कानुनी हक रहेको आधार स्पष्ट हुन्छ ।

१५. आफ्नो भूभाग फिर्ता किन नलिने ?
हाम्रो छिमेकी राष्ट्र चीनले सन् १९९७ मा हङकङ बेलायतबाट र मकाओ सन् १९९९ मा पोर्चुगलबाट फिर्ता लिइसकेको छ । भारतले पनि सन् १९६२ मा गोवा पोर्चुगलबाट फिर्ता लिइसकेको छ । साथै भारतले दामन, ड्युक समेत फिर्ता लिएको छ । उनीहरूले आफ्नो भूभाग फिर्ता पाउँछन् भने हामीले चाहिँ हाम्रो भूभाग फिर्ता किन नपाउने ?

विशाल नेपाल आन्दोलन ऐतिहासिक सन्दर्भको सवाल हो । राष्ट्रियताको मुद्दा पुरानो, ढिलो, समय बितेको, अवैधानिक, अन्यायिक र नाजायज भन्ने हुँदैन । यसको समय कहिल्यै सकिंदैन । जब स्थानीय जनतामा राष्ट्रियताको जागरण आउँछ तब राष्ट्रियताको आन्दोलन अघि बढ्ने हो । नेपालको प्रजातान्त्रिक संविधान २०४७ सालको संविधानले जनतालाई सार्वभौम बनाएकाले विशाल नेपाल आन्दोलन सुरु भयो ।

ब्रिटिस साम्राज्यवाद इन्डियामा आएर शासन चलाएकाले इतिहासमा ठगिएका हामी नेपालीहरू २०४७ पछि राष्ट्रियताको जागरणको बाटोमा अघि बढिरहेका छौं । हामी कसैको जमिन लिन आन्दोलनमा लागिरहेका हैनौं । इतिहासमा वीर पुर्खाले खुकुरीको भरमा रगत र पसिनाले आर्जेको भूभाग लिन माथि उल्लिखित विभिन्न आधारहरूमा टेकेर न्यायपूर्ण आन्दोलनमा लागेका हौं । विशाल नेपाल पुर्खाले बगाएको रगतको इतिहास हो । इतिहास विना माटो खोज्न पाइँदैन । हामी पुर्खाको रगत र पसिना बगेको एक इन्च जमिन छोड्दैनौं ।

पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं ।
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं ।