डुबेर मृत्यु

सप्तरी-  बोदेबर्साइन नगरपालिका-३ कुसमहार बस्ने सञ्जय मलिकको ३ वर्षीय छोरा अकाश मलिकको पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ । आफ्नै घरको छेउको सार्वजनिक पोखरीको डिलमा खेल्ने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको हो ।

धनुषा-  जनकपुर उपमहानगरपालिका-३ डेरा गरी बस्ने महोत्तरी मनरासिसवा नगरपालिका घर भएका रामबाबु मण्डलकी १० वर्षीया छोरी काली कुमारी मण्डलको पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ । सोही ठाउँस्थित पोखरीमा डुबिरहेको अवस्थामा स्थानीयले उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।

तेह्रथुम - मेन्छ्यायेम गाउँपालिका-१ खाकुरा बस्ने ७० वर्षीय हंसध्वज लिम्बुको सोही गाउँपालिका-१ स्थित खाकुरा भन्ने स्थानको लुन्द्रुङ खोलामा डुबेर आइतबार मृत्यु भएको छ ।

रुपन्देही - रोहिणी गाउँपालिका-३ रामनगरस्थित कलभर्टमा जमेको पानीमा डुबेर लक्ष्मीनगर बस्ने ४० वर्षीय सत्य प्रकाश चौधरीको आइतबार मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।