रुपन्देहीमा थप एक हप्ता निषेधाज्ञा

बुटवल - बुटवलको रुपन्देहीमा यस अघि भदौ २८ गते रातिसम्म निषेधाज्ञा आदेश जारी गरिएको थियो , कोरोना महामारी नियन्त्रण गर्नेको लागि एक हप्ता निषेधाज्ञा थप भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले असोज ४ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

यसपटकको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा सन्चालन हुन पाउने छन् । जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका गाडीहरु चलाउन पाइने छ । यस्तै होटेलहरुले टेक–अवे सेवा दिने गरी खोल्न पाउनेछन् ।

बैंक तथा सहकारी संस्थाहरु र सरकारी कार्यालयहरु भीडभाड नगरी, स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सञ्चालन हुन पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।