निषेधाज्ञाको स्वरुपमा ब्यापक परिवर्तन

जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिएको छ । भदौ १४ गते राति १२ बजेदेखि लागू गरिएको निषेधाज्ञा आइतबार मध्यरातवाट सकिएपछि दाङमा स्वरुप परिवर्तन गरी पुनः लम्बाइएको हाे ।

जिल्ला संकट व्यवस्थापन समितिको निर्णयअनुसार भदौ २८ गतेसम्म पुनः थप गरिएको निषेधाज्ञा अवधिमा बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

त्यसैगरी सोही समयमा निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइने छ।