दाङमा लकडाउन एक साता लम्बियो

कोरोना महामारीको कारणले दाङमा लकडाउन थप एक साता लम्बिएको छ ।

कोरोना संकट व्यवस्थापन केन्द्रको आज आइतबार बसेको बैठकले भदौ २२ देखि २८ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हाे ।

केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले हरेक दिन बिहान ६ देखि १२ बजेसम्म बजार खोल्न पाउने गरी लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको जानकारी दिएका छन् ।

सार्वजनिक यातायातका साधन भने पूर्णरुपमा बन्द गरिएको छ । निजी सवारी साधन बिहान ६ देखि १२ बजेसम्म जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय भएको रिजालले बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरु बिहान १० देखि १२ बजेसम्म खोल्न पाउने निर्णय गरिएको उनले बताए ।