करेन्ट लागेर मृत्यु

कैलाली - गोदावरी नगरपालिका-५ कटान बस्ने २३ वर्षीय सन्तोष विकको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । कञ्चनपुर कृष्णपुर नगरपालिका-८ र ९ राजघाट जंगलमा उनी समेत ७ जना काठ चोर्न गई फर्किने क्रममा बदेल मार्न थापिएको विद्युतीय करेण्टको पासोमा परेर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्ने श्याम विकको नवजिबन अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।