सवारी दुर्घटनामा परी मृत्यु

रुपन्देही - गैडहवा गाउँपालिका-५ तेलण्डियास्थित सडकमा लु.१४ प ७९४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका-६ बस्ने ४० वर्षीय समुज राम केवटको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका केवटको भीम अस्पताल भैरहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३५ वर्षीया गुडिया केवटको सोही अस्पतालमा उपचार भइरहेको छ ।  

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।