बुटवलको कोरोना अस्पतालमा थप कोरोना संकंमित वृद्धको मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संकंमित वृद्धको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
उनलाई भदौ ४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकोक्रम अस्पतालमा भर्ना गरिएको थियो । ।

उनलाई भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा गौतमले जानकारी दिए ।