सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ५ हजार ७ सय नाघ्यो

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ५४ पुगेको छ ।  पाँच महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणले गाँज्दै लगेको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार मात्रै एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बझाङ्गमा ४७, अछाममा १८, डोटीमा १५, कञ्चनपुरका ७ र दार्चुलामा २ जनामा संक्रमण देखिएको हो ।

सुदूरपश्चिम प्रदेशमा चैत महिनामा कोरोना संक्रमण देखिएको थियो । वैशाखमा नयाँ संक्रमित देखिएनन् ।

जेठमा २ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।

असार महिनामा ३ हजार ५ सय ६१ जना संक्रमित थएिका थिए । यस्तैगरी साउन महिनामा १ हजार २९ संक्रमित थपिए । भदौ महिनाको १४ गतेसम्म ९ सय ३ जना संक्रमित भेटिएका छन् । यस प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ११ जनाको ज्यान गएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ४ हजार ९ सय २९ जना निको भएर घर फर्केका छन् ।