भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गर्न/गराउन नगरपालिकाको पत्र

काठमाडाैँ-रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिकाले भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गर्न/गराउन आग्रह गरेको छ।

कोरोना भाइरसको जोखिम बढेको भन्दै अनलाइनबाटै सुरक्षित रूपमा सोह्र श्राद्ध सम्पन्न गर्न नगरपालिकाले आग्रह गरेकाे हाे ।

आगामी भदौ १७ देखि यो वर्षको सोह्र श्राद्ध शुरू हुँदैछ । केही दिनमै सुरुहुन लागेकाे साेह्र श्राद्धलाई मध्यनजर गर्दै नगरपालिकाले सुचना जारी गरी आग्रह गरेकाे हाे ।

नगरपालिकाको सूचनामा एकजना पुरोहित सोह्र श्राद्ध कार्यमा एकै दिनमा धेरै जनाको घरमा जाने प्रचलन रहेकाले जोखिम हुने उल्लेख छ । नगरपालिकाले अन्य धार्मिक कार्यहरू पनि न्यून सहभागितामा सम्पन्न गर्न आग्रह गरेको छ।