जंगली च्याउ खाँदा चार जना गम्भीर बिरामी

काडमाडौं - डोल्पामा जंगली च्याउ खाँदा ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी भएका छन् ।

उनिहरु आइतबार साँझको बैला जंगली च्याउ खानासँगै खाएर गम्भीर बिरामी भएका छ ।

ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका प्रहरीले जनाएको छ ।

उनीहरुलाई आईतबारनै गम्भीर बिरामी भईसकैको थिए तर आज विहान खबर आएपछि प्रहरी चौकी मागफाल प्रहरी सहायक निरीक्षक कृष्ण तिरुवाको कमाण्डमा ७ जनाको टोलि घटास्थलतर्फ गएको थियो,त्यसपछि सहजीकरण भयो अहिले हेलिकप्टरबाट उद्दार गरिएको छ ।