देशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानहरुमा बदली रही दिउँसो पनि देशभर सामान्यतया बदली र केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ

जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको अनुसार आज देशका केही स्थानमा भारी वर्षा हुने क्षेत्रहरु, गण्डकी प्रदेश र प्रदेश नं ५, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको छ ।