लायन्स क्लब अफ काठमाडौं कोसेलीले गर्याे निशुल्क डाइभेटिज तथा ब्लड प्रेसर चेकअप कार्यक्रम

काठमाडौं ।  लायन्स क्लब अफ काठमाडौं कोसेलीको आयोजनामा फ्रि डाइभेटिज तथा ब्लड प्रेसर चेकअप कार्यक्रम सम्पन्न भएको छ।

लायन्स क्लब अफ काठमाडौं कोसेलीका डाईभिटिच अवेरनेश चिफ युवराज श्रेष्ठको सहयोगमा फ्रि डाइभेटिज तथा ब्लड प्रेसर चेकअप कार्यक्रम हिजो  सम्पन्न भएको हो।

सो कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट तथा स्वराेजगार चिफ  (Self Employment Chief) सुरेन्द्र श्रेष्ठ, ,डेपुटी चिफ ऐडभाईचर ( Deputy Chief Advisor ) राजु बाबू श्रेष्ठ, ड्रिस्टिक ऐडभाईचर (District Advisor) तथा पास्ट प्रेसिडेन्ट सुशील श्रेष्ठ, पास प्रेसिडेन्ट रविन श्रेष्ठ लगायतकाे उपस्थिति थियाे।

क्लबका वर्तमान अध्यक्ष रूद्र देवकोटा तथा क्लबका अन्यको उल्लेख उपस्थितमा १०४ जनाको निशुल्क डाईभिटिच तथा ब्लड प्रेसर चेकजाँच सम्पन्न भएकाे डाईभिटिच अवेरनेश चिफ युवराज श्रेष्ठले बताए।