प्रधानन्यायाधीशविरुद्ध प्रमाण भए ३ दिनभित्र पठाइदिन महाभियोग समितिको आग्रह

काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीशविरुद्ध प्रमाण भए ३ दिनभित्र पठाइदिन अनुरोध गरेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकार राख्ने निकाय वा व्यक्तिलाई सार्वजनिक सूचना प्रकाशन गरेको हो।

सूचनामा भनिएको छ , समितिले जबराविरुद्ध कुनै प्रमाण, कागजात तथा जानकारी भए ३ दिनभित्र समितिमा आइपुग्ने गरी पठाइदिन अनुरोध गरेको हो। जबरामाथि भ्रष्टाचार गरेको, न्यायिक नेतृत्वमा अक्षमरअसफल भएको, संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भागबन्डालगायतको आरोप छ ।

समितिले १५ भदौमा प्रधानन्यायाधी जबरालाई जबरालाई सोधपुछका लागि बोलाउन लागेको छ।